आणविक हतियार उन्मूलनका लागि संयुक्त राष्ट्र सङ्घकाे आह्वान



संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गर्नुभएको छ ।

महासचिव गुटेरेसले आणविक हतियारको पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको बताउनुभयो । आणविक हतियार हटाएर मानवीय प्रकोपलाई मुक्त गर्न सकिने उहाँकाे भनाइ छ ।

महासचिव गुटेरेसले अहिले चिन्ताको विषय हतियारको दौड भएको उल्लेख गर्नुभयाे । आणविक हतियार धेरै भएका देशलाई निःशस्त्रीकरणको दायित्व पूरा गर्न कुनै पनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिबद्धता गर्न उहाँले आह्वान गर्नुभयो । उहाँले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कुटनीतिको माध्यम रोज्न आग्रह गर्नुभयो ।

गुटेरेसले आणविक हतियार नियन्त्रणका लागि मानिसहरू बढी जिम्मेवार हुनुपर्नेमा जाेड दिनुभयाे ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर / भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले मध्य प्रदेश र छत्तीसगढ र पश्चिम राज्य राजस्थानमा भएको

तातोखबर, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन्। लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान

काठमाडौं । इजरायलसँगको सहमतिपछि हमासले २४ जना बन्दीलाई रिहा गरेको कतारको विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् । रिहा भएकाहरूमध्ये