राहत शिक्षकको आन्दोलन आज पनि जारी : विरोधको नयाँ शैली

काठमाडौं, ८ असोज । राहत शिक्षकले आज पनि आन्दोलन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शनमा उत्रिएका छन् ।

हजारौंको संख्यामा आएका राहत शिक्षक,बालविकास शिक्षक,पेन्सनबाट बञ्चित शिक्षकलगायतले सडकमा सुतेर प्रदर्शन गरेका छन् ।  राज्यले आफूलाई सेवा सुविधाबाट बञ्चित गराएर लाशजस्तै बनाएको भन्दै  सांकेतिक रुपमा मु्र्दा बनेर सडकमा सुतेर विरोधमा उत्रिएका हुन् ।

Advertisement:

यसअघि सरकार र नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि त्यसले आफूहरूका माग सम्बोधन नभएको उनीहरूको भनाइ छ । स्थायी शिक्षकहरू भने सरकारसँगको सहमतिपछि विद्यालय फर्किसकेका छन् ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने राहत शिक्षकको अडान छ ।

प्रतिक्रिया दिनुहोस् :