प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

बेइजिङ, ६ असोज / चीनको औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार चीनको हाङ्चाओ सहरमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीनको सो सहर आउनुभएको हो । सो सहरमा एसियाली खेलकुद आयोजना भइरहेको छ ।
आज हाङ्चाओ आउनुभएका प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानलेले स्वागत गर्नुभएको थियो । आजै प्रधानमन्त्री दाहाल तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ राष्ट्रपति सीले दिवा भोजको आयोजना पनि गर्नुभएको छ ।
सो सहरमा चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहनुहुने प्रधानमन्त्री दाहाल हाङ्चाओबाट बेइजिङ आउने र यहाँ चिनियाँ प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस