हेटौंडामा प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिम

मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमको आयोजना गरिएको छ । उक्त तालिम बागमती प्रदेश युवा परिषदले आयोजना गरेको हो ।
तालिमको उद्घाटन प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले समुदायमा आधारित कृषि उत्पादनमा जोड दिँदै अनुदान पनि दिने र खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा प्रदेश सरकार लागिपरेको बताए ।
उनले अब कृषिमा व्यक्तिलाई अनुदान रकम दिने भन्दा पनि समुदायलाई हित हुने गरी उत्पादन वृद्धिका लागि कृषि र पशु प्राविधिकहरुले महतवपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
यस्तै, कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले युवा स्वयंसेवकहरुले स्थानीय तहसंग समन्वय गरेर काम गरिरहेकोमा आफुखुसी रहेको बताइन् ।
यसैयरी, कार्यक्रमका सभाध्यक्षता एवम् परिषद्का कार्यकारी उपाध्यक्ष चौलागार्इँले युवाहरुले आफ्ना क्षेत्रमा कामलाई महत्पूर्ण रुपमा गरेको भन्दै धन्यवाद व्यक्त गरे । युवाहरुलाई राज्यले के दियो भन्दा पनि हामीले राज्यका लागि के दियौ भन्ने उद्देश्यका साथ स्वयंसेवकहरुले काम गरेको उल्लेख गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भीष्मकुमार भुसालको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस