संघीयता लामो समय जाने छाँटकाँट देखिँदैन: सभापति बानियाँ



काठमाडौँ – नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सरकारले प्रदेश संरचनालाई बेवास्ता गरेकाे आराेप लगाएका छन् । यस्तै अवस्था रहे संघीयता धेरै समय नजाने उनले दाबी गरे ।

कांग्रेसकाे केन्द्रीय समिति बैठकमा बाेल्दै उनले एकात्मक राज्यप्रणाली अवधारणा अनुसार सरकार चलेको आभास भइरहेको गुनासो गरे । ‘संविधानले चिनेको व्यवस्थाअनुसार आज प्रदेश अघि बढ्न सकेन,’ बानियाँले भने, ‘यही तरिका हो भने यो संघीयता लामो समय जाने छाँटकाँट देखिँदैन ।’

प्रदेश सरकारसँग झण्डा र डण्डा भए पनि हतियारविहीन भएर लडाइँ लड्न जाने सिपाहीजस्तो बनाइएको बानियाँले बताए । प्रदेश भनेको संघीयता र पहिचान भए पनि अधिकारविहीन राखिएको उनले गुनासो गरे ।

संघीयतालाई बलियो बनाउने हो भने संविधान संशोधनको आवश्यकता रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारको दोस्रो कार्यकाल हुँदा समेत प्रहरी, निजामती, शिक्षा ऐन बनाउन केन्द्र सरकार बाधक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ