मलेखुमा सुनचाँदी पसल सञ्चालकद्वारा दुई जनामाथि एसिड प्रहार

हेटौंडा – धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा भद्रकाली सुनचाँदी पसलका सञ्चालक प्रविण विकले दुई जनामाथि एसिड प्रहार गरेका छन् ।

धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ रातमाटा बस्ने १८ बर्षीय दिपेश क्षेत्रि र सोही गाउँपालिकाको कात्राक बस्ने ६३ बर्षीय डम्बर बहादुर पुलामीमाथि प्रविणले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

Advertisement:

क्षेत्रि र पुलामीले मादक पदार्थ सेवन गरी सुनचाँदी पसलमा विवाद गर्दा प्रविणले पसलबाट एसिड निकाले प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । एसिड प्रहारबाट दुबै जना घाइते भएका छन् ।

घाइते मध्ये क्षेत्रिको मलेखु टिचिङ अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने पुलामीलाई थप उपचारको लागि किर्तिपुर अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

एसिड प्रहार गर्ने प्रविण प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :