
काठमाडौँ, ३ असोज/ कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हेटौंडामा दुई डाक्टर कुटिएको घटना सेलाउन नपाउँदै फेरी अर्को चिकित्सक माथि हातपात भएको छ ।
हिजो राति साँढे ११ बजे बलौरी ४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्र गैरेमाथि दू्र्व्यवहार भएको हो ।
गैरेमाथि बेलौरी–२ का रामबहादुर खड्काले दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्चालमा चर्चामा रहेको छ ।
भिडिओमा बिरामी बेडमा पल्टिरहेको देखिन्छ । यता रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको देखिन्छ । केही समयपछि एक्कासि रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिन्छ । अहेब नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन् ।
उनका अनुसार घटना साढे ११ बजेदेखि १२ बजेबीच भएको थियो । उनका नाता पर्ने एक जना लडेर टाउकोमा चोट लागेको थियो । उपचारको लागि उनलाई केन्द्रमा पु¥याइएको थियो । एम्बुलेन्स देखेर रामबहादुरलगायत केही युवाहरू पनि स्वास्थ्य केन्द्रमा प्रवेश गरेका थिए ।
गैरेले राति बिरामीको टाउकोमा टाँका लगाउन लागिरहेको बेला एक्कासि अराजकतापूर्वक आएको समूहले आफुमाथि आक्रमण गरेको बताए ।
गैरेका अनुसार रामबहादुर केन्द्रमा पुगेका कुनै बिरामीसँग सम्बन्धित थिएनन् । रामबहादुरले एक्कासि आएर अध्यक्ष र इन्चार्जलाई खोजेका थिए । त्यसैबीच उनी आएर गैरेसँग विवाद गर्न पुगेका थिए ।
रामबहादुरले इन्चार्जमाथि पनि गालीगलौज गरेको गैरेको भनाई छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
केही दिन अघि हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सकमाथि पनि कुटपिट भएको थियो ।