कार्यशैली सच्याउन सभापति देउवालाई नेता कोइरालाको आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन नेता डा. शेखर काइरालाले आग्रह गरेका छन् । शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सच्याउन आग्रह गरेका हुन् ।
शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेको कांग्रेसका केन्द्रीयस्तरका एक नेताले बताए ।
देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए ।
प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस