‘छैटौं कोस अन्तर्राष्ट्रिय ‘ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप’ २०८०

काठमाडौं । नेपाली सेनाको आयोजनामा हुने छैटौं संस्करणको ‘कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप’ कार्तिक ३ गते हुने नेपाली सेनाले जनाएको छ ।
प्रतियोगितामा सहभागी प्रत्येक टिममा ४ जना खेलाडी र एक जना कोच÷म्यानेजर हुनुपर्ने र उनीहरुको उमेर १८ वर्षभन्दा माथि हुनुपर्ने नेपाली सेनाले जानकारी दिएको छ । प्रतियोगितामा दौड ६.७ किमि, साइक्लिङ २६ किमि र ¥याफ्टिङ ११ किमि गरी कुल ४३.७ किमि दूरीको छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमहरु सहभागी हुनेछन् । हालसम्म भारतबाट दुई पुरुष टिम, अमेरिकाबाट एक पुरुष टिम तथा पाकिस्तान र चीनबाट अब्जर्भरको रुपमा सहभागी हुने टुंगो लागेको नेपाली सेनाले जानकारी दिएको छ ।
प्रतियोगिता धानदिङको बैरेनीस्थित श्री नं. ६ बाहिनी अड्डाको मूल गेटबाट सुरु भई चरौदीस्थित रेयल विच क्याम्पमा अन्त्य हुनेछ । उक्त प्रतियोगिताको रेजिष्ट्रेसन फाराम भर्ने म्याद २०८० भदौ १९ गतेदेखि असोज १५ गतेसम्म रहेको छ ।
प्रतियोगिताकाा पुरुषतर्फ प्रथम हुनेले १ लाख ५० हजार र महिलातर्फ प्रथम हुनेले ७५ हजार रुपैयाँ पाउने छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस