लागूऔषध गाँजा सहित हेटौंडाबाट दुई जना पक्राउ



हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङ स्थित पुर्व–पश्चिम सडक खण्डमा लागूऔषध गाँजा सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी तर्फबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १५८६ र सोही दिशाबाट आउदै गरेको ग ७ ख २२४० नं को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा दुइजनालाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुको साथबाट १० केजी ३५० ग्राम गाँजा फेला पारी अनुसन्धान तथा सोधपुछको लागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १५८६ नम्बरको बसमा सवार पर्सा मधुवन गाउँपालिका वडा नम्बर–२ बस्ने ४० वर्षिय सलामा खातुन र ना २ ख २२४० नम्बरको बसमा सवार हेटौंडा–१५ बस्ने ३२ वर्षिय सामुएल प्रजालाई पक्राउ गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

बारा – बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा

काठमाडौँ – आइतबार प्रेस काउन्सिल नेपालले कर्मचारीहरुलाई सार्वजनिक विदा दिएको छ । शनिबार काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी

हेटौंडा – लागूऔषध गाँजा सहित सर्लाहीको बागमतीबाट एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका–३ जिरायत बस्ने ५८ वर्षीय