राष्ट्रपति पौडेलले गरे ६७० जनाको सजाय माफ

राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफ गरेका छन्।
मंगलबार संविधान दिवसको उपलक्ष्यमा ६७० कैदीको सजाय माफ गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् ।
भीमबहादुर खवास समेत ४९७, हर्कबहादुर लिम्बु समेत १७० जना र जेष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत ३ जनाको सजाय माफ गरिएको हो।
भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो।
हरेक वर्ष संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिले कैदीहरूलाई आममाफी दिने चलन छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस