सर्पदंशबाट ५ वर्षीय बालकको मृत्यु



बर्दिया – सर्पदंशबाट बाँसगढी नगरपालिका-३ उत्तरभकारी बर्दियाका ५ वर्षीय बालक जय थारुको मृत्यु भएको छ । गोमन सर्पको टोकाइबाट ती बालकको मंगलबार मृत्यु भएको हो ।

जयलाई घरको आगमनमा गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्‍याएका ती बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

“निकै विषालु गोमन सर्पले ती बालकलाई डसेको रहेछ,” भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.कृष्ण आचार्यले भन्नुभयो, “अस्पतालमा ल्याउँदा डेथ भइसकेको थियो ।” सर्पदंशबाट उपचारकै क्रममा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । वैशाखदेखि भदौ महिनासम्म उपचारका क्रममा चार जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा. आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी, उपचारका लागि अस्पताल पुर्‍याएकामध्ये बाटोमै छ जनाको मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पतालमा पुर्‍याएकाको थियो ।

पाँच महिनाको अवधिमा भेरी अस्पतालमा ४ सय २० जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । अहिले दुई जना सर्पदंशका बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जना वार्ड र अर्का आइसियुमा उपचारत रहेको पनि डा. आचार्यले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

हेटौंडा – हेटौंडामा सहिद आकाश मेमोरियल क्याम्पस सञ्चालनमा आएकाे छ । हेटौंडा ५ स्थित रिलायन्स स्कुलको प्राङ्गणमा सहिद एकलाल सुवेदी

काठमाडौँ, १६ असोज / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत विधेयक,

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको