सर्पदंशबाट ५ वर्षीय बालकको मृत्यु

बर्दिया – सर्पदंशबाट बाँसगढी नगरपालिका-३ उत्तरभकारी बर्दियाका ५ वर्षीय बालक जय थारुको मृत्यु भएको छ । गोमन सर्पको टोकाइबाट ती बालकको मंगलबार मृत्यु भएको हो ।
जयलाई घरको आगमनमा गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्याएका ती बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
“निकै विषालु गोमन सर्पले ती बालकलाई डसेको रहेछ,” भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.कृष्ण आचार्यले भन्नुभयो, “अस्पतालमा ल्याउँदा डेथ भइसकेको थियो ।” सर्पदंशबाट उपचारकै क्रममा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । वैशाखदेखि भदौ महिनासम्म उपचारका क्रममा चार जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा. आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी, उपचारका लागि अस्पताल पुर्याएकामध्ये बाटोमै छ जनाको मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पतालमा पुर्याएकाको थियो ।
पाँच महिनाको अवधिमा भेरी अस्पतालमा ४ सय २० जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । अहिले दुई जना सर्पदंशका बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जना वार्ड र अर्का आइसियुमा उपचारत रहेको पनि डा. आचार्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस