एकैपटक एक सयभन्दा बढी विद्यार्थी बिरामी

तातोखबर, २ असोज / भारतमा एक छात्रावासको पाकशालामा खाना खाएका एक सय जनाभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएका छन् । मध्य प्रदेशको जबलपुर जिल्लास्थित एक आवासीय विद्यालयको छात्रवासको भान्सामा भोजन गर्दा ती विद्यार्थी बिरामी परेका हुन् ।
जिल्लाको रामपुर छपर क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीले सोमबार राति खाना खाएपछि पेट दुखेको र वान्ता गर्न थालेका थिए । अधिकांश विद्यार्थीले तारन्तार वार्ता गर्न थालेपछि विद्यालयका कर्मचारी, स्थानीयवासी र प्रहरीले उनीहरूलाई अस्पताल दौडाएका एक जना सरकारी अधिकारीले एएनआई बताए ।
प्रमुख चिकित्सा तथा स्वास्थ्य अधिकृत डा सञ्जय मिश्रका अनुसार सोमबार राति विद्यालयको छात्रावासमा गरेको भोजन विषाक्त भएकाले उनीहरू सबै बिरामी भएका हुन् । अहिले उनीहरू सबैको अवस्था स्थिर छ । चिकित्सकको निगरानीमा उनीहरूलाई २४ घण्टासम्म अस्पतालमा नै राखिने छ । सम्भवतः बुधबार बिहान सबैलाई ‘डिस्चार्ज’ गरिने डा मिश्रले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस