आगोले पोलेर एक बालकको मृत्यु



सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका–३ वरुणमा आगोले पोलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दूधराज मुक्तानका छोरा अन्दाजी ३ वर्षका मनिष मुक्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालका अनुसार बालकको घरकै अगेनाको आगोमा जलेर मृत्यु भएको हो । अपांगता भएका बालकलाई भान्साकोठामा झोलुंगोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएको बेला बालक झोलुंगोबाट झरेर अगेनासम्म पुगेको उनले बताए ।

उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

हेटौंडा – हेटौंडामा सहिद आकाश मेमोरियल क्याम्पस सञ्चालनमा आएकाे छ । हेटौंडा ५ स्थित रिलायन्स स्कुलको प्राङ्गणमा सहिद एकलाल सुवेदी

काठमाडौँ, १६ असोज / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत विधेयक,

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको