देशभरको मौसममा सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ असोज २ / मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

जसको प्रभावले सुदूरपश्चिमका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement:

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागको थोरै स्थान र बाँकी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :