मिस्टर मकवानपुर प्रतियोगितामा सहभागी हुन चाहानेका लागी फारम खुल्ला
मकवानपुर – हेटौडामा आगामी असोज १३ गते हुने मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहाने ईच्छुक खेलाडीहरुको लागी फारम खुल्ला गरीएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा हुन गैरहेको यस प्रतियोगितामा सहभागी हुन चाहानेहरुले यही असोज १० गते भित्र फारम भरी सहभागी हुन महासंघ मकवानपुरले आग्रह गरेको छ ।
महासंघ मकवानपुरका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा सोमबार बसेको बैठकले सहभागीहुन ईच्छुक खेलीडीहरुले जिल्ला खेलकुद बिकाश समिति मकवानपुरको कार्यलयमा कार्यलय समय भित्र फारम भर्न आग्रह गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी मकवानपुरको स्थायीबासी हुनुपर्ने,नागरीकता अन्य जिल्लाको भएका खण्डमा बसाईसरी आएको प्रमाणपत्र वा हाल बसोबास गरेको सम्बन्धीत वडा कार्यलयबाट घर नम्बर वा जग्गाकित्ता नम्बर सहितको सिफारीस पत्र उपल्बध गराई सहभागी हुन पाउने महासंघका उपाध्यक्ष एबंम कार्यक्रम संयोजक सुनील लोप्चनले बताउनुभयो । प्रतियोगितामा मिस्टर मकवानपुर,बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप,मिस्टर मकवानपुर भेट्रान्स गरी तिन बिधाका खेलहरुमा प्रतिस्प्रर्धा हुने अध्यक्ष भेटवालले बताउनु भयो ।
मिस्टर मकवानपुर बिधामा ५५,६०,६५,७०,७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ भने महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप बिधा अन्र्तगत खुल्ला तौल समुहमा प्रतिस्प्रर्धा गराईने छ । यस्तै मिस्टर मकवानपुर भेट्रान्स बिधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्प्रर्धा गराईने अध्यक्ष भेटवालले बताउनु भयो ।
प्रतियोगितामा महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन,युवाहरुलाई शारिरिक सुगठन र स्वास्थ्य तर्फ सचेत गराउन तथा भेट्रान्सहरुलाई शारिरिक सुगठन अनि स्वास्थ्य प्रति सचेत र प्रतिबद्ध बनाउन महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको अध्यक्ष भेटवालले बताउनु भयो । अध्यक्ष भेटवालका अनुसार स्वास्थ्यप्रति सचेत गराउन हरेक बर्ष यस्तो प्रतियोगीता आयोजना गराउन महासंघ लागीपर्ने बताउनु भयो । राष्ट्रिय निर्णायकहरुबाट निर्णय हुने प्रतियोगितामा खेलाडी बढीभन्दा सहभागी गराउने कल्बलाई जिल्लाकै अनुशासित एबम उत्कृष्ठ शारिरिक सुगठन केन्द्र घोाषणा गर्ने र नगद सहित सम्मान गरीने कार्यक्रम संयोजक लोप्चनले बताउनु भयो । प्रत्येक तौल समूहको विजेतालाई १० हजार प्रदान गरिने जनाइएको छ । त्यस्तै, मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक लोप्चनले बताउनुभयो ।
प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने उहाँले बताउनु भयो । साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने बताईएको छ । कार्यक्रम असोज १३ गते हेटौंडा २ स्थित पल्पसा हलमा अपरान्ह ४ बजे देखी मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम सहित हुने जनाईएको छ । कार्यक्रममा दर्शक्हरुका लागी प्रबेश निशुल्क ब्यबस्था रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

