शान्ति प्रिय र योञ्जनलाई जागरुक महिला सम्मान

हेटौंडा – मकवानपुरे साहित्यकार शान्ति प्रियबन्दना र सहकारीकर्मी बाटुकुमारी योञ्जनलाई जागरुक महिला सम्मान २०८० प्रदान गरिएको छ । सामुदायिक रेडियो, रेडियो मकवानपुरले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा शनिबार एक कार्यक्रमकाबीच दुईजनालाई जनही नगद १० हजार रुपैयाँसहित जागरुक महिला सम्मान प्रदान गरिएको हो ।

साहित्य र सहकारीको क्षेत्रबाट महिला शक्तिकरणमा योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ । सम्मानपछि मन्तव्य व्यक्त गर्दै साहित्यकार बन्दनाले रेडियोले गर्दै आएको भूमिकाको प्रसंशा गरिन् । अहिले पनि समाजमा महिला हिंसा र थिचोमिचो कायमै रहेको भन्दै उनले महिलालाई गरिने यस्ता सम्मानले अरुलाई पनि हौसला मिल्ने बताइन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली लगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । रेडियोले स्थापनाकालदेखि नै तीजको सन्दर्भमा दुई महिलालाई जागरुक सम्मान प्रदान गर्दै आएको रेडियोका अध्यक्ष पराजुलीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सहमहामन्त्री डिनाले चाडपर्वमा अनावश्यक खर्च नगर्न अनुरोध गर्दै संस्कृतिको जगेर्ना गर्ने गरी मनाउन आग्रह गरिन् । चाडपर्वको नाममा अनावश्यक विकृति भित्रिएको भन्दै उनले चिन्ता समेत व्यक्त गरिन् । कार्यक्रमका सहभागीमध्ये तीन जनालाई लक्की ज्वेलर्सले गोलाप्रथा मार्फत सुनचाँदीको गहना समेत प्रदान गरेको थियो । रेडियो सञ्चालक समितिका अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजन दाहाल खुसराज, दिव्यतारा सहकारीका अध्यक्ष डा.गणेश बल लामा, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइबा, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application