सर्पले डसेको थाहा नपाउँदा युवकको मृत्यु

काठमाडौं – कपिलवस्तुको विजयनगर गाउँपालिकामा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–३ पत्थरदेइयाका बैजनाथ भुज रहेका छन् ।

राति अचानक बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरी फर्किएका भुजलाई बिहीबार बिहान ६ बजे शङ्काको आधारमा कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिङ्गे लगिएको थियो ।

Advertisement:

उपचार केन्द्र पुगाउँदा भुजको अवस्था अचेत भइसकेको थियो । श्वास प्रश्वासमा समस्या भएपछि एम्बुलेन्समा एन्टीस्न्याक भ्यानम प्रयोग गरी उपचार गर्दै बुटवल लगिएको थियो । बुटवल पुराउँदै गर्दा बाटोमा उनको मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस् :