प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक, कानुन प्रभावकारी हुनुपर्ने सन्देश
काठमाडौं, तातोखबर । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग रहेको छ ।
गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन् । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।
आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको छ । महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायकले बताएका छन् ।
नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याएको उनले बताएका छन् । विषय, प्रस्तुति र निर्देशनका हिसाबले आफ्ना लागि पनि यो गीत विशेष रहेको सपूतले बताएका छन् ।
दुई वर्षअघि सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’मा सपूतले महिलाको सोच र आत्मविश्वासलाई प्रस्तुत गरेका थिए । लैङ्गिक समानताको विषयलाई गीतले समेटेको छ । उक्त गीतमा पनि नायिका स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ ।
गायक सपूतका यसअघि ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत सार्वजनिक भइसकेका छन् । ‘गलबन्दी’ उहाँको सबैभन्दा बढी रुचाइएको गीत हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
बजारमा खाने तेलको मूल्य बढ्यो : व्यापारीले चाडपर्वको मौका छोपे
-
२.
सुनको भाउमा दैनिक नयाँ कीर्तिमान बन्दै : आज फेरी ६ सय रुपैयाँले बढ्यो
-
३.
विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने
-
४.
अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको क्लिन स्विप
-
५.
साफ महिला च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै