छायादेवी स्मृति मानव अधिकार सम्मान दाहाललाई

हेटौंडा– छायादेवी स्मृति मानव अधिकार सम्मान– २०८० बाट कृष्णप्रसाद दाहाल सम्मानित भएका छन् । नेपाल मानव अधिकार संगठन मकवानपुरको शुक्रबार भएको सातौं साधारणसभाकाबीच मानव अधिकार संगठनको संस्थापक अध्यक्ष ,अधिवक्ता तथा सह प्राध्यापक कृष्ण प्रसाद दाहाललाई सम्मान गरिएको हो ।
मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष सर्मिला श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल मानव अधिकार संगठन बागमती प्रदेश अध्यक्ष ,अधिवक्ता तथा जिल्ला बार एशोसियसनको अध्यक्ष अप्सरा बस्नेतले महिला विरुद्धको भेदभाव सम्बन्धि प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका अन्तर्गत वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, बाल हेल्पलाइन मकवानपुर प्रमुख झवेन्द्र ज्ञावली ,मामाघर नेपालको प्रमुख अर्पण पराजुली, गैरसरकारी संगठन मकवानपुरकी अध्यक्ष रमिला सापकोटा , पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमलगायत विभिन्न मानव अधिकारको क्षेत्रमा काम गर्ने संगठनका पदाधिकारीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस