प्रतिनिधि सभा अन्तर्गतका विभिन्न समितिको बैठक आज बस्दै

भाद्र २२, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभा अन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।
बैठकमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीभीटी) सँग छलफल हुनेछ। राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ।
बैठकमा लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्जालसँग छलफल हुनेछ। यस्तै राष्ट्रिय सभा अन्तर्गतकै विधायन व्यवस्थापन समिति बैठक बिहान दिउँसो १२ बजे डाकिएको छ।
बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस