वडा अध्यक्षको निधनमा काठमाडौं महानगरले शोक विदा मनाउने



काठमाडौं, २१ भदौ / काठमाडौ महानगर पालिकाको १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालको आज भएको निधनमा महानगरले शोक विदा मनाउने भएको छ । भोली शुक्रवार शिक्षण संस्थाबाहेकका महानगरभित्रका सबै कार्यालयहरु बन्द गरेर महानगरले शोक विदा मनाउन लागेको हो ।
नगरकार्यपालिका अन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजालको उपचारका क्रममा विहीवार विहान ७.३० बजे निधन भएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजे राष्ट्रिय सभा गृहमा राखिएको र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो । अन्त्येष्टीका लागि आर्यघाट लैजानुअघि स्वर्गीय रिजालको पार्थिव शरीरमा महानगरका मेयर बालेन्द्र शाहलगायत विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएका रिजालको ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष निर्वाचित भएका रिजालको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बेइजिङ, ६ असोज / चीनको औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच

कास्की, ६ असोज/ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय

काठमाडौँ, ६ असोज / नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने