सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु



रुकुम पश्चिम – रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो ।

सुत्केरी २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो । अघिल्लो राति विष्टले छोरीलाई जन्म दिएकी थिइन् तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण आज बिहान मुत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो ।

गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पु¥याइएको थियो । अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, ७ असोज / हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ ।

काठमाडौँ, ७ असोज / सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ । ऊर्जा,

तातोखबर, म्याड्रिड। स्पेनिस ला लिगा फुटबलमा शनिवार राती साबिक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ गोलले हराएको छ । अन्तिम १०