भारतको मन्त्रीपरिषद्ले नेपालको १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत

india-nepal-transmission-line

काठमाडौ, १९ भाद्र । नेपालले उत्पादन गरेको १० हजार मेघावाट विजुली किन्न भारत तयार भएको छ । नेपालमा उत्पादित १० हजार मेघावाट विजुली १० वर्षमा किन्ने प्रस्ताव भारतको मन्त्रीपरिषद्ले स्वीकृत गरेको हो ।
हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले १० वर्षमा नेपालमा उत्पादित १० हजार मेघावाट विजुली किन्ने प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शङकर शर्माले जानकारी दिएका छन् । राजदूत शर्माका अनुसार भारतीय मन्त्रपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली भारत निर्यात गर्ने विषयमा थप अध्ययन र गृहकार्य हुनेछ ।
वर्षा याममा मात्रै नेपालबाट विजुली आपूर्ति गर्दै आएको भारतले हिउदमा भने भारतबाट नेपालमा विजुली आयात गर्नु पर्ने परिस्थिति रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठमा भएको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य रहेको जानकारी दिएका थिए । सोही भ्रमणका क्रममा दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको र गोरखपुर–भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ गरिएको थियो ।

Advertisement:india-nepal-transmission-line

प्रतिक्रिया दिनुहोस् :