एसियाली विकास बैंकसँग व्यापार वित्तिय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौं, तातोखबर: नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग व्यापार वित्तिय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
नेपाल बैंक लिमिटेडले एशियाली विकास बैंकसँगको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रमअन्तर्गत सम्झौता गरेको हो।
कार्यक्रमले व्यापार वित्तीयको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउनेछ। २०२२ मा ADB TSCFP ले गरेको १०,००० भन्दा बढी व्यावसायिक कारोबारहरूमार्फत ७.७ बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोग मध्ये ६०% भन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेका थिए।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ADB TSCFP सँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैंक भएको छ र यो सम्झौताले २०० भन्दा बढी देशहरुबाट अन्तर्राष्ट्रिय तथा राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्नेछ।
नेपाल बैंक लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एशियाली विकास बैंक (ADB) सँग यो सम्झौता हुन सम्भव भएको हो।
सम्झौतामा ADB TSCFP का प्रमुख श्री स्टिभन बेक, नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका हुन्
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस