भैरहवाबाट काठमाण्डौ ट्रान्जिट नेपाल एअरलाइन्सको हङकङ र दिल्ली उडान

१२ भाद्र, काठमाण्डौ । आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स)ले काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दै छ ।

गतको जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाण्डौ उडान गर्दै आएको थियो । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाण्डौ ल्याएर निगमकै अर्काे  उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

Advertisement:

भैरहवाबाट बिहान ९ बजे काठमाण्डौ  ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई  गन्तव्य देशमा पठाइनेछ । पहिलो उडानमा आज निगमले भैरहवाबाट यात्रु लिएर काठमाण्डौ आउनेछ । यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे  पनि  भारतले उडान अनुमति दिएको  छैन ।

भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :