मुसिकोट नगरपालिका कार्यालयमा तालाबन्दी

musikot-municipality-gulmi-tatokhabar

भदौ १०, गुल्मी । मुसिकोट नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र केसीमाथि नगर उपप्रमुख विमलकुमार पुनले शनिबार हातपात तथा दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगर प्रमुख महेन्द्र केसीलाई सात बुँदे माग पेस गरेर मूल गेटमा ताला लगाई कालो ब्यानर टाँसिएको छ ।

मुसीकोट-१ मा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा करार शिक्षक नियुक्त गर्नका लागि हिजो शनिबार नगरपालिकामा परीक्षा कार्यक्रम सुरु गर्न थाल्दा उपप्रमुख पुनले शिक्षा शाखाका निमित्त प्रमुख ओलीमाथि हातपात गर्नुका साथै गालीगलौजमा उत्रिएको विषय बाहिरिएको थियो । त्यसपछि परीक्षाको कार्यक्रम स्थगित गरिएको थियो भने उपप्रमुख पुनले पत्रकार सम्मेलन नै आयोजना गरेर आफूले कसैमाथि हातपात र दुर्व्यवहार नगरेको बताएका थिए ।

Advertisement:musikot-municipality-gulmi-tatokhabar

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरुले उक्त घटनाको विरोधस्वरुप कार्यालयको सेवा ठप्प पारेको निमित्त प्रमुख प्रशासकीय अधिकृतले बताए । यसप्रकारका घटनाहरू फेरि हुन नदिन नगरपालिकाका सम्पूर्ण कर्मचारीको तर्फबाट विरोधका कार्यक्रम जारी गरी त्यसको जानकारी नगर प्रमुखलाई गराइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् :