कमल थापा आत्मालोचनासहित पुरानै घर राप्रपामा जाँदै

gyanendra-shah-and-kamal-thapa-tatokhabar

७ भदौ, काठमाडौं । राप्रपा नेपालले फेरि राजसंस्थाको पुनर्स्थापनालाई मुख्य एजेण्डा बनाउने भएको छ । राजसंस्था पुनर्स्थापनालाई पार्टीको एजेण्डा नबनाउने निर्णय गरेका कमल थापा आत्मालोचनासहित फेरि राजावादी भएको संकेत गरेका छन् ।

बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा थापाले देशको वर्तमान अवस्था र पार्टी कार्यकर्ता, सहयोगी तथा शुभचिन्तकको भावनालाई सम्मान गर्दै राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिक एजेण्डा नबनाउने अडान पुनर्विचार गरेको बताए ।
यसले थापालाई तत्कालका लागि राप्रपा नेपाललाई जोगाइराख्ने बाटो खुल्नेछ, भने आगामि दिनमा राप्रपा फर्किने बाटो खुल्ने नेताहरुको विश्लेषण छ ।

Advertisement:gyanendra-shah-and-kamal-thapa-tatokhabar

मंसिर २०७८ मा भएको महाधिवेशनमा थापालाई हराएर राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष चुनिएपछि थापाले दरबार र पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका थिए । पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै उनले छानबिनको माग गर्दै निवेदन दिएका थिए । अध्यक्ष लिङ्देनले त्यसको सुुनुवाइ नगरेपछि २५ माघ २०७८ मा गृहजिल्ला हेटौंडा पुगेर थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

कुनै समय आफूले राप्रपा नामको पार्टी स्थापना गरेर दोस्रो संविधानसभामा २५ सिटको पार्टी बनाएकाले पनि थापाका लागि राप्रपा नेपाल नाम प्रिय थियो । अहिले त्यही नामको दल चलाउँदा पुरानो ब्राण्डको नाममा संगठित गर्न सहज पनि हुने उनको विश्वास थियो ।
थापाले चुनावमा नेकपा एमालेसँग तालमेल गर्ने सोचका साथ राजसंस्था पुनर्स्थापनाकै एजेण्डा छाड्ने तयारी थालेका थिए । ७ फागुन २०७८ मा पार्टी पुनर्गठन घोषणाका क्रममा सार्वजनिक घोषणापत्रमै राजसंस्था संविधानको परिधिभित्र र प्रजातान्त्रिक मान्यता अन्तरगत निष्पक्ष र आदर्श अभिभावकका रुपमा रहन सक्नेमा गम्भीर आशंका रहेको उल्लेख गरिएको थियो । २० असार २०८९ मा केन्द्रीय कार्यसमितिको बैठकबाट त्यसको व्याख्या गर्दै हाललाई राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीतिक एजेण्डा नहुने निर्णय गराएर निर्मल निवास संग टाढा भएका थिए ।्

 

प्रतिक्रिया दिनुहोस् :