विश्वकप चेस प्रतियोगिताको उपाधि नर्वेजियन ग्रान्डमास्टर म्यागनस कार्लसन लाई

काठमाडौँ । विश्वकप चेस प्रतियोगिताको उपाधि नर्वेजियन ग्रान्डमास्टर म्यागनस कार्लसनले हात पारेका छन् । ३२ वर्षीय कार्लसनले फाइनलमा १८ वर्षीय भारतीय खेलाडी रमेशबाबु प्रगन्नानन्धालाई हराउँदै उपाधिमाथि कब्जा जमाएका छन् ।
चेस विश्वकप अजरबैजानको बाकुमा सम्पन्न भएको छ । कार्लसन बुद्धिचालको पूर्वविश्वच्याम्पियन खेलाडी हुन् । चेस विश्वकपको यो १०औँ संस्करण रहेको छ । प्रतियोगितामा दोस्रो भएका रमेशबाबुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका छन् । ‘भारतीय किशोरले हासिल गरेको यो सानो उपलब्धिले अन्तर्राष्ट्रिय खेल जगतमा भारतको गौरव बढाएको छ ।’ मोदीले भनेका छन् ।
प्रतियोगितामा अमेरिकी ग्रान्डमास्टर फाबियानो लुइगी कारुआनाले तेस्रो स्थान हासिल गरे । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडी सन् २०२४ मा आयोजना हुने क्यान्डिडेट्स प्रतियोगिताका लागि खेल्न पाउने छन् । उक्त प्रतियोगिता २०२४ अप्रिलमा क्यानडामा आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस