भारतको चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी धुब्रमा सफल अवतरण गरेको छ

६ भदौ, तातोखबर । भारतको चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी धुब्रमा सफल अवतरण गरेको छ । आज भारतिय समयअनुसार साँझ ६:०३ बजे चन्द्रमाको सतहमा अवतरण गरेको हो । चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने भारत चौथो देश बनेको छ ।
भारतको चन्द्रयान–३ मिसनले विश्वको ध्यान तानेको छ । अघिल्लो चन्द्रयान– २ मिसन असफल भएपछि गत १४ जुलाईमा चन्द्रयान–३ मिसन प्रक्षेपण गरिएको थियो । ५ अगस्टमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो ।
अगस्ट १७ मा, दुवै मोड्युल रोभर र ल्यान्डर स्पेसक्राफ्टबाट अलग्गिएको थियो । दक्षिण अफ्रिकामा हुने ब्रिक्स सम्मेलनमा भाग लिइरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले अवतरण प्रक्रिया अनलाइन हेरेका थिए ।
भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट–ल्यान्ड गर्ने पहिलो देश बनेको छ । साथै अमेरिका, चीन र सोभियत संघपछि भारत चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने चौथो देश बनेर ईतिहास रचेको छ ।
भारतिय अन्तरिक्ष एजेन्सी इसरोले ‘वैज्ञानिकहरूले यस पटक चन्द्रयान–२ बाट सिकेका सबै पाठहरू समावेश गरेको भन्दै अवतरण कुनै समस्या बिना हुनेमा विश्वास व्यक्त गरेका थिए ।
रुसी मुन मिसन लुना–२५ आइतबार असफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस