आज साँझ भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा अवतरण गरेको लाईभ हेर्न सकिने

chandrayan-mission-tatokhabar

६ भदौ, तातोखबर । भारतको चन्द्रयान-३ मिसनले विश्वको ध्यान तान्दै गएकाृे छ । अघिल्लो चन्द्रयान- २ मिसन असफल भएपछि गत १४ जुलाईमा चन्द्रयान-३ मिसन प्रक्षेपण गरिएको थियो । ५ अगस्टमा चन्द्रयान-३ चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो ।

अगस्ट १७ मा, दुवै मोड्युल रोभर र ल्यान्डर स्पेसक्राफ्टबाट अलग्गिएको थियो । दक्षिण अफ्रिकामा हुने ब्रिक्स सम्मेलनमा भाग लिइरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले अवतरण प्रक्रिया अनलाइन हेर्ने बताईएको छ ।

Advertisement:chandrayan-mission-tatokhabar

चन्द्रयान-३ ले बुधवार साँझ भारतीय समयानुसार ६:०४ मा चन्द्रमाको सतहमा अवतरण गर्ने प्रयास गर्नेछ । यदि इसरोले यो गर्न सफल भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट-ल्यान्ड गर्ने पहिलो देश बन्नेछ । साथै अमेरिका, चीन र सोभियत संघपछि भारत चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने चौथो देश बनेर ईतिहास रच्नेछ ।
भारतिय अन्तरिक्ष एजेन्सी इसरोले ‘वैज्ञानिकहरूले यस पटक चन्द्रयान-२ बाट सिकेका सबै पाठहरू समावेश गरेका छन् भन्दै अवतरण कुनै समस्या बिना हुनेमा विश्वास व्यक्त गरेका छन् ।

यसको प्रत्यक्ष प्रसारण बेलुका ५:२० मा इसरोको वेबसाइट, युट्युब च्यानल र डिडी नेशनलमा हुनेछ । बेलुका ६:०४ बजे विक्रम ल्यान्डर, रोभर प्रज्ञानसँग चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङको कोसिस गर्नेछ ।

रुसी मुन मिसन लुना-२५ आइतबार असफल भएपछि चन्द्रयान-३ बारे धेरैमा चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application