थप ५ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

१ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ कम्पनीलाईसेयर ब्रोकर लाइसेन्स दिएको छ । ३२ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्ने गरी र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकरको अनुमति दिएको छ ।
हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शालले पूर्ण कारोबार गर्ने अनुमति पाएका छन् ।
यसैगरी सजिलो ब्रोकर लिमिटेड ललितपुर, रोडसो सेक्युरिटिज लिमिटेड सुन्धारा र बेनी सेक्युरिटिज प्रालि बानेश्वरले सीमित कार्य गर्ने अनुमति पाएका छन् ।
बोर्डले २०७९ असोजमा ३० दिनको म्याद सहित सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग भएको थियो । आवेदन दिएका ४५ मध्ये ४३ कम्पनीलाई लाइसेन्नसको पूर्वस्वीकृति दिएकोमा हालसम्म ३७ कम्पनीले लाइसेन्स पाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस