NTC App - Ad

विद्युत बिकास विभागको महानिर्देशक सरुवामा अदृश्य शक्तिको खेल कि, मन्त्री शक्ति बस्नेतको ?

विद्युत विकास विभाग - Department of Electricity Development

विद्युत विकास विभागको महानिर्देशक सरुवामा नयाँ खेल सुरु भएको छ । अहिले महानिर्देशक बन्ने खेलमा यस अघिनै दुई पटक गरि करिब चार बर्ष महानिर्देशक भैसकेका सहसचिव नवीन राज सिंहसमेत सहभागी भएका छन् भने विद्युत विकास विभागको महानिर्देशक बन्न करोडौंको चलखेल शुरु भएको चर्चा समेत चलिरहेको छ ।

निजामती प्रशासनमा कर्मचारी सरुवा नियमित प्रक्रिया हो तर एउटै व्यक्तिलाई एक पटक मात्र हैन दुई पटक मात्र पनि हैन पटक पटक एउटै जिम्मेवारीमा लैजानु भनेको रहस्यमय र अस्वभाविक मान्न सकिने कुरा पनि हो । यस्तो सरुवाले अपारदर्शी र नीतिगत अनियमितता पक्कै बढाउंछ ।

Advertisement:विद्युत विकास विभाग - Department of Electricity Development

स्रोतका अनुसार नीतिगत भ्रष्टाचारको डिजाइनिङ गर्ने अदृश्य शक्तिले राजनीतिक नेतृत्वलाई आफ्नो वशमा पारेर प्रशासनिक नेतृत्वको समेत फेरबदल गर्ने गरेका छन् । त्यस्तै विद्युत विकास विभागको महानिर्देशक सरुवामा पनि अदृश्य शक्ति परिचालन भएको स्रोतको दाबी छ । ठूला पदमा हुने सरुवामा राजनीतिक नेतृत्वको अत्याधिक रुचि बढ्ने गरेको पाइएको छ ।

यसरी ठूला सरुवामा रुचि राख्ने राजनीतिक नेतृत्वलाई भने अदृश्य शक्तिले परिचालन गर्ने गरेको दाबी स्रोतको छ । स्रोतका अनुसार अदृश्य शक्तिले नीतिगत अनियमितताको आधारभूमि बनाउन ठूला सरुवामा हस्तक्षेप गर्ने गरेका छन् । अहिले भैरहेका विभागहरूमध्ये बढी चलखेल हुने विभागमा विद्युत विकास विभाग पनि पर्दछ । हाइड्रोपावर कम्पनीहरु लाई लाइसेन्स दिने र नियमन गर्ने काम विद्युत विकास विभागबाट हुन्छ ।

लाइसेन्स जारी गर्दा छवि स्वच्छ नभएका महानिर्देशक हुँदा व्यापक आर्थिक चलखेलसमेत हुनसक्छ । अहिले भइरहेको सरूवाको  चलखेल पनि त्यसैको लागि भइरहेको जानकारहरु बताउँछन् । दुई पटक विद्युत विकास विभागको नेतृत्व गरिसकेक नवीन राज सिंहलाई फेरि पनि महानिर्देशक बनाउदा बन्ने र बनाउने सबैको छविमाथि प्रश्न उठ्न सक्नु सामान्य कुरा हुनसक्छ ।

चार वर्ष एकै विभागको महानिर्देशकको रूपमा काम गरिसकेपश्चात पनि तेस्रो पटक पुन: सोहि विभागमा सरूवा हुन/गर्न खोज्नु भनेको ठुलै आर्थिक चलखेलबाट र अदृश्य शक्तिको खेल बाट मात्र सम्भावना हुने मन्त्रालयकै कर्माचारीहरु को भनाइ छ । सामान्यतया सचिव, सहसचिवको सरुवा मुख्य सचिवको सल्लाहमा मन्त्रिपरिषद्ले गर्दा त्यो प्रभावकारी हुन्छ तर विद्युत विकास विभागको महानिर्देशकको सरुवा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेत आफैले गर्न लागेको र सचिव दिनेश कुमार घिमिरे र अन्य कर्माचारीसमेत असन्तुष्ट बनेको स्रोतको भनाइ छ । मन्त्री बस्नेतले आफ्नो शक्तिको दुरुपयोग नगरी कुनै पनि दवाव, प्रभाव र प्रलोभनमा नपरी निष्पक्ष ढंगले कामहरू अघि बढाउनु महत्वपूर्ण देखिन्छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :