नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने

petrol-price-low

३१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यसअनुसार खरीद मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ ।

Advertisement:petrol-price-low

खाना पकाउने एलपी ग्यासको मुल्यमा निगमले नाफा नराख्ने निर्णय गरेको छ । यो निर्णयअनुसार पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रुपैयाँ मूल्य घट्नेछ भने ग्यासमा १० रुपैयाँ घट्नेछ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application