२० वर्ष पुराना गाडी हटाउने निर्णय खारेज गर्न चालकहरुको माग

old-vehicle-taxi

१४ असार, काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । उनिहरुले बाटैमा ट्याक्सी राखेर बिरोध प्रर्दशन गरिरहेका छन् ।

उनीहरुले कलंकी–बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।
राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानर सहित प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायत माग राखेका छन् ।

Advertisement:old-vehicle-taxi

प्रतिक्रिया दिनुहोस् :