आर्टिफिसियल इन्टिलिजेन्स लाई निर्देशन दिन सिकाउने भिडियोहरु ट्रेन्डिङ्गमा
१२ वैशाख तातोखबर । पछिल्लो समयमा कम्प्युटर प्रयोगकर्ताहरुका लागि नयाँ प्रविधिको विकास भएको छ जुन जेनरेटिभ एआई (आर्टिफिशल इन्टेलिजन्स) हो । यो प्रविधि कम्प्युटर विज्ञानको उच्चस्तरको अङ्गको रुपमा मान्न सकिन्छ ।
एआई एक प्रकारको मशीन लर्निङ्ग प्रविधि हो । यो प्रविधिले अपनाउने आधुनिक प्रणालीले अलग अलग सृजनात्मक प्रक्रिया अनुसरण गर्दछ र स्वच्छ रूपमा नयाँ डाटा सृजना गर्ने क्षमता राख्दछ । एआई प्रविधिले कम्प्युटरलाई मानवीय संवेदनशीलता दिन सक्दछ साथै नयाँ डाटा सृजना गर्न सक्छ ।
आर्टिफिसियल इन्टिलिजेन्सको उदय
आर्टिफिसियल इन्टिलिजेन्स अहिले विश्वमा नयाँ प्रयोग हो । यो प्रविधि संसार सामु आएदेखि नै अत्याधिक चर्चाको बिषय बन्न पुगेको छ । फेसबुक लाई आफ्नो प्रयोगकर्ता कमाउन जति समय लागेको थियो त्यति प्रयोग कर्ता आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिमा जोडिन केहि महिना मात्र लागेको थियो । यसको प्रयोग विभिन्न क्षेत्रमा बढ्दो रुपमा रहेको छ यसमा सहि र्निदेशन दिएर धेरैले सफ्टवयर तथा स्वचालित वेवसाईट बनाएर सामाजिक संजालमा भिडियो राखिरहेका छन् । जसकारणले गर्दा सामाजिक संजालमा आर्टिफिसियल इन्टिलिजेन्स प्रति रुचि बढ्दो छ । सामाजिक संजालमा आर्टिफिसियल इन्टिलिजेन्स लाई निर्देशन दिन सिकाउने भिडियोहरु ट्रेन्डिङ्गमा आउन थालेका छन् ।
उपयोगिता
आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले मानवको भाषा, छवि र संगीतलाई उचित ढङ्गले प्रस्तुत गर्दछ । जेनरेटिभ एआई प्रविधिसंग विभिन्न भाषाहरुसहित नेपाली भाषाको सम्बन्धमा पनि अनुसन्धान र विश्लेषण गर्न सकिन्छ । यो प्रविधि नेपाली भाषाको वाक्य संरचना र वाक्यांशहरु जस्ता भाषाको क्षेत्रमा काम गर्न सक्छ । जेनरेटिभ एआई प्रविधिसंग नेपाली भाषासम्बन्धी अनेक प्रकारका अध्ययन तथा विश्लेषण गर्न सकिन्छ ।
जेनरेटिभ एआई प्रविधि विशेष रूपमा इन्टरनेटमा प्रयोग हुन्छ । यसको मद्दतले विभिन्न सफ्टवयर तथा वेवसाईटको पनि निर्माण गर्न सकिन्छ । तर सहि निर्देशन बिना यसले आफुले चाहेको उपयोगिताको वस्तु दिदैन । जेनेरेटिभ उपयोगिता समयअनुसार बढ्दै जानेछ अनुमान गर्न थालिएको छ । जसरी जि.पि.एस आजको समयमा उपयोगी बनिरहेको छ त्यसै गरी नै जेनरेटिभ एआई प्रविधिको प्रयोग व्यापक हुँदै जानेछ । यो प्रविधिले कम्प्युटर प्रविधिमा पहिलो चरणको सफलता हासिल गरेको छ । यसको प्रयोग असिमित हुन सक्ने पनि सम्भावना रहेको छ ।
प्रभाव
दीर्घकालीन रूपमा एआईको असर कस्तो हुन्छ ? भन्ने कुरा चाहिँ एकदमै अनिश्चित रहेको छ । आगामी केही वर्षमा जेनरेटिभ एआईले सिर्जनात्मक कला क्षेत्रका बहुआयामिक प्रयोगहरुमा विभिन्न प्रकारको असर पार्न सक्ने अनुमान गर्न सकिन्छ ।
एआईको प्रभाव रोजगारीको क्षेत्रअनुसार भिन्न भिन्न हुने विभिन्न प्रतिवेदनहरुले उल्लेख गरेका छन । प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत र कानुन व्यवसायमा ४४ प्रतिशत काम स्वचालित तुल्याउन सकिन्छ तर निर्माण व्यवसायको ६ प्रतिशत अनि मर्मत सम्भार क्षेत्रको ४ प्रतिशत काम मात्र स्वचालित हुन सक्छन् ।
अन्य कार्यमा मानवीय उपस्थिति अनिवार्य छ । तर प्रविधिमा परिवर्तन हुन धेरै समय नलाग्ने वैज्ञानिकहरुले बताउने गरेका छन् । निकट भविष्यमा धेरै क्षेत्रमा काम गर्ने श्रमिकहरुको ज्यालामा ह्रास आउने देखिन्छ । यस प्रविधिले रोजगार क्षेत्रमा अधिकांश मानिसले संर्घष गर्नु पर्ने वातावरण सिर्जना भएको छ ।
आर्टिफिसियल इन्टिलिजेन्स प्रविधि को च्याट भर्सन मार्फत आफुलाई चाहिने जानकारी सजिलै सँग उपलब्ध हुने भएकाले नै अब मानिसले गुगलको विकल्पको रुपमा प्रयोग गर्न थालेका छन् । गुगलमा विज्ञापनको कारणले गर्दा पनि प्रयोगकर्तालाई असहज भैरहेको समयमा जेनरेटिभ एआई प्रविधिले गुगलको एकाधिकारको बिचमा आफ्नो स्थान बनाउन सफल भएको देखिन्छ । यसको प्रयोगले गुगलका प्रयोगकर्ताहरु धेरै घट्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय