एआइलाई सहि निर्देशन दिएर सफ्टवयर तथा वेवसाईट बनाउन सकिने

कम्प्युटर-विज्ञान

२७ चैत्र । पछिल्लो समयमा कम्प्युटर प्रयोगकर्ताहरुका लागि नयाँ प्रविधिको विकास भएको छ जुन जेनरेटिभ एआई (आर्टिफिशल इन्टेलिजन्स) हो । यो प्रविधि कम्प्युटर विज्ञानको उच्चस्तरको अङ्गको रुपमा मान्न सकिन्छ ।
एआई एक प्रकारको मशीन लर्निङ्ग प्रविधि हो । यो प्रविधिले अपनाउने आधुनिक प्रणालीले अलग अलग सृजनात्मक प्रक्रिया अनुसरण गर्दछ र स्वच्छ रूपमा नयाँ डाटा सृजना गर्ने क्षमता राख्दछ । एआई प्रविधिले कम्प्युटरलाई मानवीय संवेदनशीलता दिन सक्दछ साथै नयाँ डाटा सृजना गर्न सक्छ ।

उपयोगिता
आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले मानवको भाषा, छवि र संगीतलाई उचित ढङ्गले प्रस्तुत गर्दछ । जेनरेटिभ एआई प्रविधिसंग विभिन्न भाषाहरुसहित नेपाली भाषाको सम्बन्धमा पनि अनुसन्धान र विश्लेषण गर्न सकिन्छ । यो प्रविधि नेपाली भाषाको वाक्य संरचना र वाक्यांशहरु जस्ता भाषाको क्षेत्रमा काम गर्न सक्छ । जेनरेटिभ एआई प्रविधिसंग नेपाली भाषासम्बन्धी अनेक प्रकारका अध्ययन तथा विश्लेषण गर्न सकिन्छ ।

Advertisement:कम्प्युटर-विज्ञान

जेनरेटिभ एआई प्रविधि विशेष रूपमा इन्टरनेटमा प्रयोग हुन्छ । यसको मद्दतले विभिन्न सफ्टवयर तथा वेवसाईटको पनि निर्माण गर्न सकिन्छ । तर सहि निर्देशन बिना यसले आफुले चाहेको उपयोगिताको वस्तु दिदैन । जेनेरेटिभ उपयोगिता समयअनुसार बढ्दै जानेछ अनुमान गर्न थालिएको छ । जसरी जि.पि.एस आजको समयमा उपयोगी बनिरहेको छ त्यसै गरी नै जेनरेटिभ एआई प्रविधिको प्रयोग व्यापक हुँदै जानेछ । यो प्रविधिले कम्प्युटर प्रविधिमा पहिलो चरणको सफलता हासिल गरेको छ । यसको प्रयोग असिमित हुन सक्ने पनि सम्भावना रहेको छ ।

प्रभाव
दीर्घकालीन रूपमा एआईको असर कस्तो हुन्छ ?  भन्ने कुरा चाहिँ एकदमै अनिश्चित रहेको छ । आगामी केही वर्षमा जेनरेटिभ एआईले सिर्जनात्मक कला क्षेत्रका बहुआयामिक प्रयोगहरुमा विभिन्न प्रकारको असर पार्न सक्ने अनुमान गर्न सकिन्छ ।
एआईको प्रभाव रोजगारीको क्षेत्रअनुसार भिन्न भिन्न हुने विभिन्न प्रतिवेदनहरुले उल्लेख गरेका छन । प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत र कानुन व्यवसायमा ४४ प्रतिशत काम स्वचालित तुल्याउन सकिन्छ तर निर्माण व्यवसायको ६ प्रतिशत अनि मर्मत सम्भार क्षेत्रको ४ प्रतिशत काम मात्र स्वचालित हुन सक्छन् ।

अन्य कार्यमा मानवीय उपस्थिति अनिवार्य छ । तर प्रविधिमा परिवर्तन हुन धेरै समय नलाग्ने वैज्ञानिकहरुले बताउने गरेका छन् । निकट भविष्यमा धेरै क्षेत्रमा काम गर्ने श्रमिकहरुको ज्यालामा ह्रास आउने देखिन्छ । यस प्रविधिले रोजगार क्षेत्रमा अधिकांश मानिसले संर्घष गर्नु पर्ने वातावरण सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application