यो उपनिर्वाचनमा ठूला भनिएका पार्टी माथि नयाँ दलको अग्रताले राजनितिमा नयाँ तरंग



ballot_election-nepal

११ वैशाख, तातो खबर । हालै सम्पन्न उपनिर्वाचनको नतिजा आउने क्रम जारि छ । नेपालमा उपनिर्वाचनको माहोल चलिरहेको अवस्थामा ठूला भनिएका पर्टिले गठबन्धन गर्दा पनि नयाँ दलले ल्याएको नतिजा देखेर नेताहरु झस्केका छन् । नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले बिहानै संसदीय दलको बैठक बसेरै प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका थिए ।

नतिजाको सुरुवाति अवस्थामा नेपालका उदाउँदा दलले अग्रता लिई रहेका छन् । नेतृत्वको ले चितवन क्षेत्र नं २ मा सभापति रवि लामिछाने,तनहुँ  क्षेत्र नं १मा आइतबार मध्यरातमा सुरु भएको गणनामा सुरुदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले
र बारा २ मा सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिईरहेका छन् । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी समूहको मत पनि स्वर्णिमले नै पाएको देखिन्छ । जोशी स्वयं रास्वपामा नखुले पनि उनका छोरा दिपकराज जोशीले भने रास्वपालाई खुलेर मत मागेका थिए ।

बारामा सुरुवाति अवस्थामा जनता समाजबादी पार्टीका उपेन्द्र यादवले अग्रता लिएका थिए तर त्यसपछि जनमत पार्टीले अग्रता लिईरहेको छ भने उपेन्द्र यादब थोरै मात्र मतभार पछाडि छन् । बारामा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल निकै पछाडि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

हेटाैंडा- पूर्वपश्चिम राजमार्गअन्तरगत हेटाैंडा-१५ राताेमाटेमा भएकाे सवारी दूर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् । सोमबार

तातोखबर, काठमाडौं / प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने

तातोखबर, काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका