यो उपनिर्वाचनमा ठूला भनिएका पार्टी माथि नयाँ दलको अग्रताले राजनितिमा नयाँ तरंग

११ वैशाख, तातो खबर । हालै सम्पन्न उपनिर्वाचनको नतिजा आउने क्रम जारि छ । नेपालमा उपनिर्वाचनको माहोल चलिरहेको अवस्थामा ठूला भनिएका पर्टिले गठबन्धन गर्दा पनि नयाँ दलले ल्याएको नतिजा देखेर नेताहरु झस्केका छन् । नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले बिहानै संसदीय दलको बैठक बसेरै प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका थिए ।
नतिजाको सुरुवाति अवस्थामा नेपालका उदाउँदा दलले अग्रता लिई रहेका छन् । नेतृत्वको ले चितवन क्षेत्र नं २ मा सभापति रवि लामिछाने,तनहुँ क्षेत्र नं १मा आइतबार मध्यरातमा सुरु भएको गणनामा सुरुदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले
र बारा २ मा सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिईरहेका छन् । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी समूहको मत पनि स्वर्णिमले नै पाएको देखिन्छ । जोशी स्वयं रास्वपामा नखुले पनि उनका छोरा दिपकराज जोशीले भने रास्वपालाई खुलेर मत मागेका थिए ।
बारामा सुरुवाति अवस्थामा जनता समाजबादी पार्टीका उपेन्द्र यादवले अग्रता लिएका थिए तर त्यसपछि जनमत पार्टीले अग्रता लिईरहेको छ भने उपेन्द्र यादब थोरै मात्र मतभार पछाडि छन् । बारामा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल निकै पछाडि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस