राप्रपा ले आज बारामा चुनावी सभा गर्ने

काठमाडौं ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बारामा चुनावी सभा गर्ने भएको छ।
सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले सम्बोधन गर्नेछन्।
बारा क्षेत्र नम्बर २ अन्तर्गत महागढीमाईगञ्ज भवानीपुरमा चुनावी सभा हुनेछ।
चुनावी सभालाई अध्यक्ष लिङ्देनले बिहीबार दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
चुनावी सभालाई उपाध्यक्ष बुद्धिमान तामाङ र ध्रवबहादुर प्रधान, नेता ज्ञानेन्द्र शाहीलगायतले पनि सम्बोधन गर्नेछन्।
राप्रपाले बारामा उपाध्यक्ष बुद्धिमान तामाङ चुनावी कमाण्डर बनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस