भ्युटावर फिल्म प्रा.लि. तथा सुटिङ स्टुडियोको उद्घाटन समारोह सम्पन्न

काठमाडौं, १ बैशाख / तारकेश्वर नगरपालिकाको तीनपिप्लेमा नेपाली पहिचान झल्काउने सामाग्रीहरु सहितको चलचित्र छायाङ्कन स्टुडियो उद्घाटन गरिएको छ । तारकेश्वर नगरपालिकाको ३ नं. वडास्थित किचनडोलमा रहेको उक्त स्टुडियोको ३ नम्बर वडाका अध्यक्ष परशुराम अर्यालले उद्घाटन गरेका हुन् ।
कलाकार उत्तम अर्याल कोदेको सभापतित्व रहेको सोही समारोहमा चलचित्र छायाङ्कन स्टुडियोसँगै समन्धित निकायबाट हालैमात्र अनुमति लिईएको चलचित्र निर्माण कम्पनी ‘भ्युटावर फिल्म प्रा.लि.’ पनि एकै साथ सार्वजिनक गरिएको थियो । चलचित्र छायाङ्कन स्टुडियो उद्घाटन तथा चलचित्र निर्माण कम्पनीको नाम सार्वजनिक गर्दै प्रमूख अतिथि ३ नं वडाका वडाअध्यक्ष अर्यालले यो वडाका पर्यटन विकास गर्न र स्थानीयता झल्काउने नयाँ किसिमको अभियान शुरु भएको बताए । नयाँ वर्षको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै उनले सो अवसरमा यो अभियानमा स्थानीय सरकारको तर्फबाट गर्न सकिने कुनै पनि काममा कन्जुस्याई नगरिने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी भएका डा. घनश्याम पुडासैंनीले नेपाली आधुनिक यन्त्र एवं उपकरणको अतिक्रमणले लोप हुनै लागेका मौलिक औजार, खानपान, यन्त्रहरुका साथै नेपालीपन झल्काउने किसिमका मानवोपयोगी सामाग्रीहरले यो चलचित्र छायांकन स्टुडियो सजाउन सक्ने हो भने नेपालका नयाँ पुस्ताले परम्परालाई सम्झन सक्ने दावी गरे ।

त्यस्तै कार्यक्रममा नेपाली हास्य कलाकारहरु दमन रुपाखेती र विष्णु सापकोटा (हर्के हवल्दार), ले पनि नवनिर्मित चलचित्र छायांकन स्टुडियोको महत्व बढ्ने गरी फिल्म कर्मीहरुलाई आकर्षक क्रियालाप विकास गर्नु पर्ने धारणा राखेका थिए ।
उक्त उद्घाटन समारोहमा सांगीतिक क्षेत्रका लोकप्रिय कलाकार धुबराज घड्का, श्रीराम पुडासैंनी, शिव शर्मा, लक्ष्मीनाथ तिमिल्सिना तथा सुनिल तिमिल्सिनाले पनि चलचित्र छायाङ्कन स्टुडियो निर्माण गरेर यस क्षेत्रमो गरिमा बढेको चर्चा गरेका थिए । कार्यक्रममा स्थानीय अगुवा उमानाथ अर्यालले आफू कलाकार नभए पनि कलाक्षेत्रमा केही योगदान आफूले पनि दिने बचनबद्धता ब्यक्त गर्दै राजनीतिक प्रभावमा परेर यो अभियान विथोल्न नुहुने धारणा ब्यक्त गरे ।
साहित्यकार तथा धरहरा अभियानका अभियान्ता धुब गजुरेलले सञ्चालन गरेको उक्त समारोहमा विष्णु अर्याल, जनार्दन अर्याल, अनुप अर्याल, मेघनाथ अर्याल इश्वरलगायतको अन्य विभिन्न सहभागीहरुको उपस्थिति रहेको थियो ।

Advertisement:

 

 

प्रतिक्रिया दिनुहोस् :