NTC - FTTH

मेयर शाहको दृष्टिकोणमा सर्वसाधारणद्वारा चासो देखाईदै

Meri Uni Lai - Global IME Bank
मेयर बालेन शाह

काठमाडौं, १ बैशाख / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै सिंहदरवारले महानगरको समस्यालाई सम्बोधन गर्ने सङ्केत नदिएपछि उत्पन्न असन्तुष्टिलाई लिएर महानगरबासीहरुले समेत संघीय सरकारको आलोचनात्मक चासो देखाउन थालेका छन् ।

नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदानका कार्यक्रमका लागि भेला भएका नगरबासीहरुद्वारा मन्तव्य दिने क्रममा महानगरप्रमूखको मागलाई वेवास्था गर्ने सिंहदरबारका अधिकारीहरुको यसरी आलोचना हुन थालेको हो ।
राजधानी दुर्गन्धित बन्दै गयो भने यसको जिम्मा कसले लिने ? भन्ने प्रश्न नगरबासीहरुले उठाउन थालेका छन् । नयाँ वर्षको शुभकामना आदानप्रदानमा नेताहरुलाई जनताको समस्या र पीँडामा नखेल्न र राजनीति गर्ने प्रबृत्ति रोक्न नयाँ वर्ष २०८० सालले सद्बुद्धि दिन सकोस् भन्ने बक्ताहरुले धारणा ब्यक्त गरिरहेका पाईएको छ ।

Advertisement:मेयर बालेन शाह

सार्वजनिक कार्यक्रमहरुमा मन्तव्य दिनेक्रममा महानगरबासीहरुले राजनीतिक दलहरुको नेता काठमाडौंका मेयर नभएको र राजनीति दलका नेताहरु लाभान्वित हुन नपाउने भएकै कारण नगरबासीहरुले चुनेका मेयरको कुरा सिंहदरवारले सुन्न नचाहेको भान आफूहरुलाई भईरहेको पनि बताएका छन् । संघीय सरकारका अधिकारीहरुको आलोचना गर्ने शैली भने मयेर शाहको गलत भएको र सच्चिनु पर्नेमा बक्ताहरुले जोड दिएका छन् ।
आफ्नो माग सम्बोधन नभएको भन्दै फोहोर नउठाउने महानगरले निर्णय गर्नु र संविधानसंगत स्थानीय सरकारले लिने यस्तो निर्णयलाई वास्ता नगर्नु सरकारको कमजोर भएको अन्य स्थानीय तहका निर्णायकहरुले पनि प्रतिकृया दिईरहेको बेला महानगरबासीहरुले यस्तो हुदै गयो भने स्थानीय सरकार बलियो नहुने विषयमा चिन्ता ब्यक्त गर्न थालिएकोछ ।

यस्तै अन्य सार्वजनिक धारणा आदानप्रदान गर्ने क्रममा अर्का स्वतन्त्र मेयर हर्क साम्पाङ्ग राईले पनि आफुले धराने जनतालाई पानी खुवाउन केन्द्रीय सरकारसँग लडाईँ गरिरहेको बताई रहेका बेला कुनै दलमा आबद्ध नरहेका स्थानीय तहका प्रमूखले जनताको माग लिएर गए भने त्यस्तो मागको वास्ता नगरिने तर पदमा रहेको पाटईको कार्यकतार्हरुले लैजाने मागको राम्रोसँग सम्बोधन हुने गरेको सरोकारवालाहरुले बताउन थालेका छन् ।
केन्द्रीय सरकारसँगको समन्वय अवाभमा सयौं योजनाहरु बिफल भैरहेको अन्य धेरै जनप्रतिनिधिको गुनासो रहेको पनि समाचारहरु पनि आईरहेका छन् । स्थानीय सरकारलाई समयमा बजेट नपठाउने, नीतिगत समन्वयात्मक भूमिकाका अभावलगायतका अन्य धेरै समस्या समाधानका लागि केन्द्रको ढिला–सुस्तीले स्थानीय जनप्रतिनिधि र केन्द्री सरकारबीच एक किसिमको असमझदारि बढिरहेको छ सर्वसाधारले पनि महशुस गर्न थालेका छन् ।

केहि दिन अगाडि काठमाडौं महानगर प्रमूख बालेन शाहले सिंहदरवारका नेतृत्वलाई लक्षित गरेर दिएको अभिव्यक्तिले उक्त समस्या सतहमा आएको छ र महानगरबासीहरुले चर्चा गर्न थालेका छन् । केन्द्रको समन्वयबिना जटिल समस्या समाधानगर्न स्थानिय तह पूर्ण रुपमा सक्षम नभएको ठानिएको बेला स्थानीय तहले लिने नीतिमा केन्द्र सरकारको समन्वयकारी भुमिका खाँचोको रुपमा औंल्याउन थालिएको पनि बहसको विषय बन्न थालेको छ ।

स्थानीय तहले लिने नीतिमाथि पनि राजनीति प्रभाव पारिनु दुर्भाग्यपूण हुने जानकारहरु बताउँछन् । यति बेला संघीय सरकारको हेलचक्राईले स्थानीय तहमा हुने बिकाश निर्माणका काम अलपत्र परेका छन् भने नीतिमा भएका साना साना छिद्रको प्रयोग गरेर नेपालका राजनीतिक दलहरुले देशभरी विकाश निर्माणको काम अलपत्र पारेको बालेन शाह र हर्क साम्पाङ्ग जस्ता स्वतन्त्र जनप्रतिनिधिले राम्रोसँग जान्दछन् भन्ने नगरबासीहरुको ठम्याई छ ।
अन्य पालिकाको मेयरहरुले पनि केद्रले आफ्नो पालिकालाई केन्द्र सरकारले प्रयाप्त सहयोग नगर्ने आफ्नो योजना कार्यान्वयनमा समझदारि जुटाउन धेरै समय लाग्ने जस्ता विभिन्नगुनासो आउन थालेका छन् । केन्द्र सरकार राजनीतिमा रुमलिंई रहदा देशका सबै सरकारी सेवा प्रदायक निकायहरु प्रभावित बन्दै गईरहेको आम सर्वसाधारणले महशुस गर्न थालेका छन् ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra