पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका तेस्रो वरियताका नेताले पार्टी परित्याग गरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तेस्रो वरियताका नेता तथा पूर्व मन्त्री मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल नभएको बताएका छन् ।उनले भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउने भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताएका छन् ।
न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखेर आफुले पार्टी परित्याग गरेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस