आँबुखैरहनी–दमौली राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने



१८ फागुन, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने जानकारी दिएको हो । आयोजनाले सो समयभन्दा अगाडि वा पछाडि मात्रै यात्रा गर्न अनुरोधसमेत गरेको छ ।
आयोजनाका प्रमुख नगेन्द्र सुवेदीले सो खण्डमा डाइभर्सन बनाउने ठाउँ नभएको र भित्ता काट्नुपर्ने काम भएकाले रातिमा राजमार्ग नै बन्द गरेर सडक विस्तारको कामलाई गति दिन लागेको बताए । उनका अनुसार दिउँसोको भन्दा रातिमा सवारीको चाप कम हुने हुँदा रातको समयलाई प्राथमिकतामा राखिएको बताए ।

तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको भन्दै कामको गति बढाउन दबाव परेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति समाउन अझै सकेको छैन । आँबुखैरहनी पोखरा ८० किलोमिटर सडक खण्डलाई दुई भागमा बाँडेर सडक विस्तारको काम थालिएको झण्डै डेढ वर्ष बितिसकेको छ । तर, प्रगति भने जम्मा ११ प्रतिशतको हाराहारीमा छ । दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनीले पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा