संवैधानिक परिषद् सम्बन्धी विधेयक संसदमा फाष्ट ट्रयाकमा पास गर्नेगरी अगाडि बढाउने निर्णय



काठमाडौं : मन्त्रीपरिषद्को बैठकले संवैधानिक परिषद् सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

बुधबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो विधेयकलाई फाष्ट ट्रयाकमा पास गर्नेगरी अगाडि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघिको सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेजपछि कानुनी जटिलताका कारण संवैधानिक परिषद्को बैठक बस्न समेत समस्या परेको थियो ।

परिषद् निष्क्रिय हुँदा प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न समस्या परेको छ । तत्कालीन केपी ओली प्रधानमन्त्री रहेको सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अध्यादेश मार्फत पटक पटक संशोधन गर्दै जारी गरेको थियो ।

सो अध्यादेशमा ३ जनामात्र उपस्थित भएपनि बैठकका लागि कोरम पुग्ने व्यवस्था गरेका कारण चर्को आलोचना भएको थियो भने सो अध्यादेशलाई प्रतिनिधिसभाले पारित नगरेपछि निष्क्रिय भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा