चौतर्फी दवाब परेको अवस्थामा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि कोइरी संसद भवन प्रवेश हुने कि नहुने ?



काठमाडौं, १० फागुन । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । मतदाता नामावली प्रकशन भएसँगै त्यसउपर विरोध र उजुरी गर्ने समय सुरु भएको छ । उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने आयोगले जनाएको छ । दाबी विरोधको उजुरीमाथि फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यातालिका छ ।

जहाँ फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ । उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगका अधिकारीले बताए । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरु भएको र उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ ।
गत ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित लक्ष्मी चौधरी कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको छ । तर, प्रहरीले पक्राउ गरेको छैन् ।
उनि हालका प्रधानमन्त्रीको निर्वाचनको समयमा पनि संसदमा उपस्थित भएका थिए । यो पटक उनलाई पक्राउ गर्नको लागि चौतर्फी दवाब परेको अवस्थामा कोइरीे संसद भवन प्रवेश हुने कि नहुने यो चर्चाको बिषय बनेको छ ।
राष्ट्रपतिको पदको लागि १३ फागुनमा मनोनयन दर्ता र २५ फागुनमा मतदान हुनेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ता र ३ चैतमा मतदान हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा