धमाधम १० लघुवित्तको साधारण सभा हुँदै, कुनले कति लाभांश दिँदैछ ?

काठमाडौं (तातो खबर) । फागुन महिनामा धमाधम १० लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दैछ । सो संस्थाहरुले साधारण सभामा गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् ।
साधारण सभा आह्वान गर्ने संस्थाहरुमा इन्फिनिटी, निर्धन उत्थान, महिला, मिथिला, उपकार, स्वावलम्बन, सिभिल, लक्ष्मी, ग्लोबल आइएमई र सबैको लघुवित्त रहेका छन् । यी मध्ये पाँचवटा लघुवित्त संस्थाले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि बुकक्लोज गरिसकेको छ भने पाँच लघुवित्तको शेयर किन्नेले अझै प्रस्तावित लाभांश पाउनेछन् ।
बुकक्लोज हुन बाँकी रहेका संस्थाहरुमा स्वावलम्बन लघुवित्त, सिभिल लघुवित्त, लक्ष्मी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त र सबैको लघुवित्त रहेका छन् ।

इन्फिनिटी लघुवित्त

इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले ८९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको माघ १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय बमोजिम फागुन १३ गते विनय चोक, गैँडाकोट, नवलपरासीमा बिहान ११ बजे आह्वान गरेको हो ।
सभाले सञ्चालक समितिको सिफारिस बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गर्ने छ । त्यस्तै सभाले लेखापरिक्षको प्रतिवेदन सहितको वासलात, आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तिय विवरण पारित गर्ने तथा नयाँ लेखापरिक्षक नियुक्त गर्ने छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ फागुन २ गते एकदिनका लागि बुकक्लोज गरिसकेको छ । त्यसैले फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisement:

निर्धन उत्थान

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले २४औं साधारण सभा फागुन १२ संस्थाको केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजेदेखि बस्नेगरी डाकेको हो ।
सो सभाले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । यसका साथै चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । यस्तै सभाले संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने तयारी समेत गरेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन २ गते बुकक्लोज गरिसकेको छ । त्यसैले फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

महिला लघुवित्त

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले फागुन २१ गते बस्नेगरी आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११ सभा आह्वान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ५ गते एक दिन शेयर दाखिला खारेज दर्ता बन्द गरेको छ । यस अनुसार फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

मिथिला लघुवित्त

मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको माघ २१ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा फागुन १७ गते, न्यु बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल, लालगढ, धनुषामा बिहान ११ बजे आह्वान गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ असार मसान्तसम्म कायम पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९४७३६८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, सोअि हदसम्मको जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्ने छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत चौधौं वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ । साथै, आव २०७८।७९ को लेखापरिक्षण प्रतिवेदन सहित असार मसान्त सम्मको वासलात र नाफा नोक्सान हिसाब तथा नगद प्रवाह संग सम्बन्धित वित्तिय विवरण पारित गर्ने छ । चौधौं साधारण सभा प्रयोजनको लागि फागुन ५ गते यस संस्थाको शेयर दाखिला खारेज बन्द गरेको छ । यसर्थ फागुन ४ गते सम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन पाउने छन् ।

उपकार लघुवित्त

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सभा फागुन १८ गते, बैंजानाथ १, गाभार भ्याली, बाकेमा आह्वान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको मुनाफाबाट चुक्ता पुँजीको ६१ दशमलव ७५ बोनश शेयर र कर प्रयोजनको लागि ३ दशमलव २५ नगद लाभांश गरी जम्मा ६५ प्रतिशत लाभांस प्रस्ताव पारित गर्ने छ । सभाले संस्थापक समुुहबाट २ जना र सर्वसाधारण शेयरधनी समुहबाट २ जना संचालकको निर्वाचन गर्ने लगायतका अन्य प्रस्ताव पारित गर्ने छ । साधारण सभा प्रयोजनको लागि फागुन ४ गते १ दिनको लागि बुकक्लोज गरेको छ । यसर्थ फागुन ३ कायम रहेका शेयरधनीहरुले मात्रै साधारण सभामा सहभागि र प्रस्तावित लाभांश पाउनेछन् ।

स्वावलम्बन लघुवित्त

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले २१औं सभा फागुन १९ गते लैनचौर, बैंक्वेट काठमाडौंमा बिहान १०ः३० मा बस्नेगरी डाकेको हो । सो सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र लागि ६.०५२६ प्रतिशत (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभामा संस्थाको अधिकृत पुँजी हाल सवा एक अर्ब रहेकोमा जारी तथा चुक्तापुँजी बृद्धि हुने भएकोले सो का लागि २ करोड कित्ता १०० रुपैयाँका दरले हुन आउने अधिकृत पुँजी २ अर्ब कायम गर्ने प्रस्ताव गरिनेछ ।
यस साथै संस्थापक शेयर १० प्रतिशत विन्दुले सर्वसाधारण शेयरमा परिणत गरी हालको शेयर संरचना संस्थागत शेयर ७०% र सर्वसाधारण शेयर ३०% लाई क्रमशःसंस्थापक ६०% र सर्वसाधारणलाई ४०% कायम गर्ने प्रस्ताव गरिनेछ । यसका अलावा कम्पनीको हाल चुक्तापुँजी एक अबशर्् १२ करोड २१ लाख रुपैयाँमा बोनस शेयर वितरणपछिको चुक्तापुँजी एक अर्ब २९ करोड ४ लाख रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरिनेछ ।
साथै अन्य कुनै वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरिनेछ । त्यस्तै, सामान्य प्रस्तावमा गत आवको वार्षिक प्रतिवेदन, गत आव २०७८।७९ को वासालात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७८।७९ मा भएका संचालक समितिका नयाँ सदस्यहरुको मनोनयन तथा नियुक्ति अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले फागुन १० गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ फागुन ९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र लाभांश पाउनेछन् ।

सिभिल लघुवित्त

सिभिल लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा यहि फागुन २९ गते हुँदैछ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
सभाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ११.५७८९ प्रतिशत लाभांश पारित गर्नेछ ।
यसका अलावा सभाले हाल कायम गरेको पुँजी संरचनामा संस्थापक शेयरधनीको तर्फ कम्तीमा ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरीक्षण नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालक नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ ।साधारण सभा प्रयोजनार्थ संस्थाले फागुन १४ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

लक्ष्मी लघुवित्त

लक्ष्मी लघुवित्तले ११ औँ वार्षिक साधारणसभा बोलाएको छ ।संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ९करसहित० छन्।बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७२ बमोजिम संस्थामा रहेको लक्ष्मी बैंकको संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिणत गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु निर्वाचन गर्नेछ। साधारण सभा प्रयोजनार्थ संस्थाले फागुन १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

ग्लोबल आइएमई लघुवित्त

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बेस्ट रिसोर्ट नेपाल प्रा.लि, लेकसाइड, पोखरामा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले अन्य उपयुक्त लघुवित्तसंग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक वा वित्तीय संस्थाबाट ऋण लिन सक्ने गरी सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सबैको लघुवित्त

सबैको लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले छैठौं वार्षिक साधारण सभा फागुन २६ गते मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट, वन्दिपुर–५ तनहुँमा बिहान १० बजेबाट बस्नेगरी आह्वान गरेको हो । सो सभाले गत आर्थिक वर्षको नाफाबाट १८% बोनस सेयर र कर तिर्न ०.९५% नगद गरी जम्मा १८.९५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि संस्थाले फागुन १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ११ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application