साताको पहिलो दिन नेप्से दोहोरो अङ्कले बढ्यो

share-market-increase-news-tatokhabar.com

काठमाडौँ / साताको कारोबार पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ। नेप्से परिसूचक आज १३ दशमलव ५१ अङ्कले बढेर २ हजार ८३ दशमलव ४ को बिन्दुमा कायम भएको छ।

आज ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर ६५ हजार ६५४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँ बराबरको कारोबार भएको छ।

Advertisement:share-market-increase-news-tatokhabar.com

आज लगानी समूह शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन २ दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको देखिन्छ ।

सबैभन्दा धेरै व्यापार समूहको ६ दशमलव ५६ र वित्त समूहको उपसूचक २ दशमलव १७ प्रतिशतले बढेको छ।

बैंकिङ १ दशमलव ११, विकास बैंक शून्य दशमलव २२, होटल तथा पर्यटन शून्य दशमलव ४६ र जलविद्युत् १ दशमलव २६ प्रतिशतले बढेको छ।

जीवन बीमा समूह शून्य दशमलव ७७, लघुवित्त समूह शून्य दशमलव ५२ र अन्य समूह शून्य दशमलव ९६ प्रतिशतले बढेको छ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ९ दशमलव १३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २२ करोड ६४ लाख १३ हजार २८ रुपैयाँ बराबरको ३ लाख ८२ हजार ३५ कित्ता शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application