(टर्की भूकम्प) प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो – टर्कीमा सङ्कटकाल घोषणा



Turkey Earthquake

टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५,००० भन्दा माथि पुगेको छ ।

टर्कीमा मात्रै कम्तीमा ३,८०० जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
त्यहाँ घाइते हुनेको सङ्ख्या १६,२५६ पुगेको बताइएको छ।

भूकम्पको प्रभाव परेको टर्कीको दक्षिणी भेग अनि सिरियाको उत्तरी भेगमा उद्धार कार्य जारी छ। सिरियामा २,००० भन्दा बढीले ज्यान गुमाएको विवरणहरू सार्वजनिक भएका छन्।
हजारौँ भवन भत्किएका टर्की र सिरियामा उद्धार कार्यमा खटिएकाहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई निकाल्न सङ्घर्षरत छन्। टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।
युरोपेली सङ्घ नेदरल्यान्ड्स र रुमेनियाका खोजी तथा उद्धारकर्ताहरू उद्धारकार्यमा सघाउन टर्की पुगेका छन् ।रेडक्रस लगायतका सामजजिक संस्थाहरु पनि खोजी तथा उद्धारकार्यमा लागेका छन ।

बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूको भूकम्प गएको थियो। करिब ४५ सेकेन्ड हल्लिएको केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो पनि गएको थियो। टर्कीका भूकम्पविद्ले दोस्रो भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्।
टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएकोे भूकम्प राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएको, उक्त भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए।
भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस भएकोे विवरण आएको छ।

कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्। भूकम्पपछि धेरै साना ठूला परकम्पहरू पनि महसुस गरिएका विवरण आएका छन्।
भूकम्पको केन्द्रबिन्दु रहेको गाजीयान्टेपमा रहेको दुई हजार वर्षभन्दा पुरानो गाजीयान्टेप कासलका अधिकांश हिस्सामा क्षति पुगेको छ। पहिलेको भूकम्पमा केहि नभएको उक्त संरचना पूर्णरुपमा ध्वस्त भएको छ ।
सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए। टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौँ, १० असोज: आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा

बैतडी – गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा पाटन नगरपालिका–८ हरिचन घर भइ सशस्त्र

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गर्नुभएको छ । महासचिव गुटेरेसले आणविक हतियारको पूर्ण उन्मूलनका